‘एचपीभी’ खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउँछु: मुख्यमन्त्रीको पाण्डे

पाेखरा | असार ७, २०८०

‘एचपीभी’ खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउँछु: मुख्यमन्त्रीको पाण्डे

पोखरा:    गण्डकी प्रदेश सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ । 


क्यान्सर सचेतनाका लागि सद्भावना दूत समेत रहनुभएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो प्रतिबद्धता गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा प्रदेशका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्युमन प्यापिलोमा भाइरस (एचपीभी खोप) निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो । 


गण्डकी प्रदेश सरकारले गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पुर्‍याउन भन्दै पाँच करोड विनियोजन गरेको छ ।


मुख्य मन्त्री पाण्डेले डा। शाहीसँग रोक्न सकिने नसर्ने रोगका लागि राज्यले हरसम्भव प्रयास गर्ने, महिला तथा किशोरीहरिलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सके भविष्यमा यो रोगको जोखिम कम हुने आफूले बुझेको भन्दै प्रदेश सरकार यी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढेको बताउनुभएको थियो । 


सरकारले एचपीभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई निःशुल्क रूपमा लगाउने लक्ष लिएको छ ।

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्